Rashtriya Dainik

“महामन्त्री खनालको प्रतिकृया: ‘अन्यायपूर्ण कार्वाहीविरुद्ध म मौन बस्दिन'”

आरपि उपाध्याय / नवलपरासी ,२६ असार

नेपाली काङ्ग्रेस नवलपरासी (ब.स.प.) ले बर्दघाट २ मा विहीबार एक पत्रकार सम्मेलनको आयोजना गरेको छ।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस अनुशासन विभागले लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई पार्टीहित विपरीत काम गरेको भन्दै गरिएको पार्टी निष्कासन प्रति ध्यानाकर्षण भएको जानकारी गराएको थियो।
नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन विभागले असार २५ गते महामन्त्री खनाललाई पार्टीबाट गरिएको कारवाही फिर्ता लिन भन्दै पार्टी कार्यकर्ताहरुले दबाबमूलक कार्यक्रम अन्तर्गत पत्रकारहरुलाई जानकारी गराएका हुन।
अनुशासन विभागले महामन्त्री खनाललाई गरिएको कारवाहीले नवलपरासी काङ्ग्रेस नै तरङ्गित भएको पनि बताइएको छ।
पत्रकार सम्मेलनमा महामन्त्री खनाललाई गरिएको कारवाही पुर्वाग्रही र विधान विपरीत भएको भन्दै जिल्ला, क्षेत्र, पालिका र वडाहरुबाट विरोधसहितको ज्ञापन पत्र प्रस्तुत गर्दै केन्द्रिय निकायले तत्काल कारवाही सच्याउन खबरदारी गरेका थिए भने कार्यकर्ताको भावना अनुसार केन्द्रिय समितिले कारवाही नसच्याए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी पनि केन्द्रिय समिति नै हुनुपर्ने खबरदारी पनि गरेका थिए।


सो अवसरमा पत्रकारहरुलाई आफ्नो प्रतिक्रिया दिदै कारवाहीमा परेका महामन्त्री खनालले आफुले १३ वर्षको उमेरदेखि नै पार्टीमा लागेर बगाएको पसिना र लगानीलाई केन्द्रिय अनुशासन विभागले अवमूल्यन गर्दै आफुमाथी गरिएको कारवाही विधान विपरित र पुर्वाग्राही रहेको बताउनु भयो।
खनालले आफुमाथी गरिएको कारवाहीको विरुद्धमा वडा,पालिका, जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म न्यायको लागि आन्दोलन गर्ने पनि बताउनु भयो।
खनालले धनाढ्य र डनवादको दलदलमा फसेर अनुशासन विभागले इमानदार,कर्मठ कार्यकर्ता माथि गरेको कारवाहीको विरुद्धमा लाग्न पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो।
सोही कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले खनालमाथी गरिएको कारवाही पुर्वाग्रही रहेको बताउदै त्यस्ता खाले कारवाहीले पार्टीप्रती समर्पित व्यक्तिको मान मर्दन भएको धारणा राख्दै राजनीतिक प्रतिशोध कै कारण सामन्तवादीहरु सलबलाएको पनि जिकिर गर्नुभयो।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस ब.स.प. का सचिव उमेशचन्द्र यादव, जिल्ला पार्टी प्रवक्ता राधेश्याम पाठक,क्षेत्र न.१ का क्षेत्रीय सभापति बेदप्रकाश शर्मा,क्षेत्र न.२ का क्षेत्रीय सभापति यम प्रसाद भुसाल,बर्दघाट नगरपालिका का नगर सभापति दामोदर जि.सी. लगायतले लिखित प्रतिवेदन सहित लुम्बिनी प्रदेशका महामन्त्री खनालमाथी गरिएको कारवाही विधान विपरीत रहेको र पुर्वाग्रही ढङ्गबाट गरिएको हुँदा त्यसलाई सच्याउनु पर्ने अन्यथा त्यसको परिणाम भयावह हुने चेतावनी पनि दिएका थिए।


केन्द्रिय अनुशासन विभागले गरेको कारवाहीको सन्दर्भमा सञ्चारकर्मीहरु द्वारा सोधिएको प्रश्नको जवाफ दिदै महामन्त्री खनालले पार्टी कार्यकर्ता र भातृ संगठनहरुले स्वत: स्फुर्त ढङ्गले न्यायको लागि दबाबमूलक कार्यक्रम गर्दै जाने र कानुनी उपचारको लागि न्यायलयको ढोकासम्म पुग्ने पनि बताउनु भयो।
खनालले भावुक हुदै आफ्नो प्राण रहँदासम्म पार्टीमा मौलाएको धनाढ्यबाद र गैर काङ्ग्रेसी चरित्रको अन्त्य नहुँदासम्म आफ्नो आन्दोलन जारी रहने पनि प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित