Rashtriya Dainik

बाल्मिकी आश्रममा सोलर प्यानल निर्माण कार्य तिव्र गतिका साथ अगाडि बढ्दै

आरपि उपाध्याय / नवलपरासी ,२५ असाेज

नेपालको प्रमुख धार्मिक धरोहर मध्ये एक चितवन माणीको बाल्मिकी आश्रममा सोलर प्यानल निर्माण कार्य तिव्र गतिका साथ अगाडि बढ्न थालेको छ।

माणी नगरपालिका १ बाल्मिकी आश्रममा विश्व सनातन धर्म स्थापनार्थ मुल समितिको पहलमा सोलर प्यानल सिस्टमको बत्ति बाल्ने प्रक्रिया अगाडि बढेको हो।

पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर माणी नगरपालिका १ द्वारा भइरहेको निर्माण कार्य सहितको सोलार जडान कार्य यहीँ असार मसान्तभित्र सम्पन्न हुने र बत्ति बालिने पनि कन्स्ट्रक्सनका प्रतिनिधि रामेश्वर पाठकले जानकारी दिनुभएको छ।

कुल ४९ लाखको लागतमा निर्माण कार्य हुँदै आएको सोलर प्यानल जडान पछि बाल्मिकी आश्रममा बसोबास गर्ने १२ घरपरिवार,सुकुम्बासी र प्रहरी चौकीसहित सशस्त्र प्रहरी बल बाल्मिकी आश्रम लाभान्वित हुने पनि कन्स्ट्रक्सनले जानकारी दिएको छ।

प्यानल २४ थान र ब्याट्री ३२ थानको सङ्ख्यामा जडान हुने पनि बताइएको छ।
सोलर प्यानल जडानका लागि पनि बाल्मिकी आश्रमका सुकुम्बासी परिवार, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाल्मिकी आश्रमको जनशक्तिले बुधबारको दिन जडान स्थलको साना घाँसपात,झाडी सफाइ गरिएको थियो भने विहीबार बिहानदेखि सोलर प्यानल जडानको कार्य सुरु हुने पनि जानकारीमा आएको हो।
वर्षौं पुर्वदेखी अन्धकारमय जीवन बिताउदै आएका बाल्मिकी आश्रमका नागरिक र सुरक्षा निकाय अबको एक साताभित्र नै उज्यालोको स्वाद चाख्न पाउने हुँदा आश्रम वरिपरि खुसियालीको किरण देखिएको छ।

बाल्मिकी आश्रम पुरानो धार्मिक धरोहर भएपनि चितवन राष्ट्रिय निकुञ्जको अनकंटार जङ्गलभित्र पर्ने हुँदा नेपाली भक्तजनहरु त्रिवेणी स्थित गण्डक नाका हुँदै भारतीय भूमिको प्रयोग गरि आश्रम जाने बाध्यता अहिले पनि कायमै छ।

पुर्वी नवलपरासीको त्रिवेणी धामबाट आश्रममा आवतजावत गर्न झोलुङ्गे पुल निर्माण गतवर्ष मै भइसके पनि राष्ट्रिय निकुञ्ज जङ्गलबाट जंगली जनावरको त्रास र सुनसान इलाका भएबाट तिर्थालुहरुको आवगमन न्यून नै रहेको बताइएको छ।


आश्रम विकास र व्यवस्थापनको लागि विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिरको केन्द्रिय समिति र जिल्ला समितिको सहयोग र समन्वयमा आश्रममा वार्षिक पुजनका साथै केही आंशिक रुपमा भएपनि विकास निर्माण कार्य हुँदै आएको केन्द्रिय समितिको अध्यक्ष दिपक जंग रायमाझीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित