Rashtriya Dainik

अविरल वर्षाका कारण डुबान, नवलपरासीमा ४५ घरधुरी डुबानमा

बिनोद निगम / नवलपरासी असार २५

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१०, लन्डनबृज क्षेत्र आसपासको बस्ती अविरल वर्षापछिको भेलका कारण डुबानमा परेको छ। गए रातिदेखिको लगातार पानीसँगै पहाडबाट आएको भेलले राजमार्गको उत्तरपट्टि पर्ने बस्तीमा डुबान ल्याएको हो।

प्रारम्भिक विवरणअनुसार करिब ४०–४५ घरधुरी डुबानमा परेका छन्। हालसम्म कुनै मानवीय वा ठूला भौतिक क्षतिको खबर छैन, प्रहरी कार्यालयका अनुसार।

स्थानीयका अनुसार पानी घरभित्र छिर्दा स्कुटर, सोफा, फर्निचर, भाँडाकुँडा लगायतका सामानहरू भिजेका छन्। लन्डनबृज क्षेत्रका सडक र घरहरू पूर्ण रूपमा पानीमुनि डुबेको दृश्यले अवस्था गम्भीर रहेको संकेत गर्छ।

प्रहरी र स्थानीय प्रशासनले निगरानी बढाउँदै आवश्यक सतर्कता र राहतको तयारी अघि बढाएको जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित