राजन कुमार बानिया
पर्सा २४ असार
पर्साको कालिकामाई गाउँपालिकाले महामारी आकस्मिक रोग नियन्त्रण कार्यक्रम डेगो लगाएत किटजन्य रोगहरुको नियन्त्रणमाको लागि लामखुट्टेको लार्भा नस्ट गर्ने अभियान संचालन कार्यक्रम आज सम्पन्न भएको छ।
कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाले अायोजना गरि प्रतेक वडामा गई जमेको पानी र नाला हरुमा लामखुट्टेको लार्भा नस्ट गर्ने अौषधी स्प्रे गरिएको छ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया,स संयोजन धिरज कुमार साह, जगदीश महतो केवट, रमिता कुमारी चौरसिया लगाएतको स्वास्थ्यकर्मी र कर्मचारी हरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

