बिनोद निगम / नवलपरासी , असार २४
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण, हे.क्वा.अन्तर्गत सुरक्षा वेश सेमरीबाट खटिएको मोबाइल गस्ती टोलीले बर्दघाट नगरपालिका २,लण्डन बिज्र क्षेत्रमा भारतबाट अवैधरूपमा ल्याइएको ठूलो परिमाणको कफी बरामद गरेको छ।
दिउँसो करिब ३ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) रमेश शाखको कमाण्डमा खटिएको ७ जनाको टोलीले उक्त क्षेत्रबाट ५७० केजी बराबरका १९ बोरा कफी फेला पारेको हो। बरामद गरिएको कफीको अनुमानित मूल्य रु. ६,८४,००० (छ लाख चौरासी हजार) रहेको प्रहरीले जनाएको छ।
उक्त कफी बोरा बेवारिसे अवस्थामा भेटिएको बरामद कफी लाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको गणका सूचना अधिकारी डिएसपी यगमन साउदले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

