Rashtriya Dainik

रसुवा प्रशासनले पूर्वतयारी अपनाउन दुई साताअघि नै सतर्क बनाएको थियो

रसुवा ,२४ असार

जिल्ला प्रशासन कार्यालय रसुवाले दुई साता अघि (असार १०) मा नै पूर्वतयारी अपनाउन सतर्क गराएको थियो । प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराएको थियो ।

चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव बढ्न जानेप्रति प्रशासनले सचेत बनाएको थियो । ‘नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालय/संरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने सम्भावना रहेको’ सूचनामा उल्लेख थियो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले सूचना जारी गरी आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेका थिए ।

रसुवा जिल्ला भई बहने (भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा बाढी पहिरोजन्य विपद्को जोखिम रहेको उल्लेख गरिएको थियो । ‘उक्त क्षेत्रहरूमा बसोबास गर्नुहुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउनु हुन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित