उमेश बि.क / नवलपरासी ,२४ असार
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले लगातार बिना कुनै पूर्वसूचना विद्युत आपूर्ति पटक–पटक बन्द गरेपछि उपभोक्ता र स्थानीय बासिन्दा आक्रोशित भएका छन्। प्रशासनको लापरवाही र असंवेदनशीलताले दैनिक जीवन संकटमा पर्न पुगेको छ।
बिजुली बिना कुनै तालिका र सूचना नियमित रूपमा छिनछिनमै जाने हुँदा घरायसी कामकाज ठप्प भएका छन्। विद्यार्थीहरूको पढाइ ठुलाे असर हुनुका साथै उद्योग, व्यवसाय, अस्पताल सेवा लगायतका महत्वपूर्ण क्षेत्रहरुमा गम्भीर असर परेको छ। स्थानीयको भनाइ छ, “गर्मीको यो समय बेलुका बिजुली नहुँदा घरमा बस्नै सकिँदैन, बिहान छिट्टै उठेर काम समेत गर्न नसकिने अवस्था छ।”
नेपाल विद्युत प्राधिकरणले सूचना नदिइ बारम्बार सेवा अवरुद्ध गर्नु स्पष्ट प्रशासनिक कमजोरी र उपभोक्ताको अधिकारको उल्लंघन हो। उपभोक्ताले यसलाई आपराधिक लापरवाहीको संज्ञा दिएका छन्।
स्थानीयले तत्काल प्रभावमा नियमित र पूर्वसूचित विद्युत आपूर्ति सुनिश्चित नगरे कडा संघर्षका लागि उत्रने चेतावनी दिएका छन्। विद्युत प्राधिकरणका अधिकारीले पनि समस्या समाधानमा ढिलासुस्ती गर्नु भनेको सरकारी सेवा प्रवाहमा गम्भीर अप्ठ्यारो र जनविश्वासमाथि चोट पुर्याउनु हो भन्ने तर्क गरिएको छ।
नवलपरासीमा यस्तो व्यवस्थित नभएको विद्युत सेवा स्थिति तत्काल सुधार गर्न सरकार र सम्बन्धित निकायलाई कडाइका साथ दबाब दिनुपर्ने अवस्था सिर्जना भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

