काठमाडौँ ,२३ असार ।
रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन्। रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन्।
स्टारोभोइटलाई सोमबारै राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट हटाएका थिए। बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन। केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिइएको थियो।
रुसी जाँच समितिले घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ। प्रारम्भिक अनुमान अनुसार उनको मृत्युलाई आत्महत्या मानिएको छ।
रोमन स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर रहेका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

