Rashtriya Dainik

मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष यादव तीन लाख घुससहित पक्राउ

राष्ट्रिय दैनिक / रुपन्देही, २३ असार

रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादव घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,बुटवलको टोलीले यादवलाई रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

वडा नं. ३ मा सञ्चालित विभिन्न विकास योजनाहरूको निर्माण कार्य सम्पन्न भएसँगै भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग घुसको माग गरिएको थियो। अध्यक्ष यादवले उक्त रकम सिद्धार्थनगर नगरपालिका वडा नं. ९ मा रहेको श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिन कुमार पाण्डेय मार्फत लिएको पाइएपछि, अख्तियार टोलीले दुवै जनालाई पक्राउ गरेको हो।

पाण्डेयले सेवाग्राहीसँग मागिएको रकम अध्यक्ष यादवको निर्देशनमा लिइरहेका बेला अख्तियारको टोलीले घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

यो घटनाले स्थानीय तहमा बढ्दो भ्रष्टाचारको गम्भीर चित्र प्रस्तुत गरेको छ। स्थानीय सेवाग्राहीहरू वडास्तरमै हुने यस्ता अनियमितताबाट पीडित भइरहेका बेला अख्तियारको यो कारबाहीले भ्रष्टाचारविरुद्धको अभियानलाई थप बल मिलेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित