Rashtriya Dainik

लागु औषध सहित लक्ष्मीनगरबाट एक जना पक्राउ

कृष्णनगर/ कपिलवस्तु ,अषाढ २३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् ।

शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित