आरपि उपाध्याय / त्रिवेणी ,२२ असार
श्री हरि आध्यात्मिक प्रतिष्ठानको आयोजनामा विनयी त्रिवेणी ६ स्थित राधाकृष्ण मन्दिरमा चतुर्मास सत्संग एवं महाभारत तथा प्रवचन कार्य एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
देशमा बढ्दो विकृति र विसङ्गतिलाई निवारण गर्दै नैतिकवान र चरित्रवान समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापना गरिएको प्रतिष्ठानले त्रिवेणी धाममा नै गीता मन्दिर निर्माण हेतु महाभारत कथा प्रवचन कार्यक्रमको शुभारम्भ गरेको हो।
२०८२ असार २२ गते उद्घाटन गरिएको महाभारत कथा प्रवचन कार्य कार्तिक १९ गतेका दिन विधिवत समापन गर्ने गरि कार्यक्रमको आयोजना गरिएको श्री हरि आध्यात्मिक प्रतिष्ठानका सचिव लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ।

महाभारत कथा प्रवचन अन्तर्गत त्रिवेणी धाममा एक करोड दीप प्रज्वलन गरिने पनि प्रतिष्ठानले जानकारी दियो।
पछिल्लो समय यता हिन्दु धर्मप्रति बढ्दो अतिक्रमण रोक्न गीता मन्दिरको निर्माण गरि त्रिवेणी धामको धार्मिक महिमा बढाउनुको साथै मन्दिरमा संगमरमर जडान गरि गीताको ७ सय श्लोक लेखिने पनि आयोजकले जानकारी दिएको छ।
राधाकृष्ण मन्दिर परिसरमा महाभारत कथा प्रवचन कार्यको संकल्प कर्ता १८ पुराणका ज्ञाता नारायण कृष्ण पाण्डेको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा गजेन्द्र मोक्ष धाम त्रिवेणीका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले हिन्दु धर्मप्रति आस्थावान व्यक्तिहरु शास्त्रीय विधि अनुसार अगाडि बढ्नुपर्ने बताउदै धार्मिक कार्यबाटै असल कर्म प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो।

प्रपन्नाचार्यले धार्मिक गुरु र महात्माहरु धार्मिक विधि विधान अनुसार चल्नुपर्ने सुझाव दिदै उहाँले धार्मिक जागरण र क्रियाकलापबाट नै समुन्नत समाज निर्माण गर्न सकिने जिकिर गर्नुभएको थियो।
सो अवसरमा लक्ष्मीनारायण बैंकटेश मन्दिरका पिठाधिस चक्रपाणी आचार्य, राधाकृष्ण मन्दिरका पिठाधिस हरिशरण उपाध्याय,विनयी त्रिवेणी वडा न. ६ का वडा सदस्य विष्णुप्रसाद चौलागाईं,धार्मिक व्यक्तितब अमृतशरण आचार्य,राधाकृष्ण मन्दिरका उत्तराधिकारी स्वामी ध्रुबराज आचार्य,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले धार्मिक गतिविधि माथि प्रकाश पार्नुभएको थियो।

चार महिनासम्म चल्ने चतुर्मास सत्संग एवं महाभारत कथा प्रवचन कार्यक्रममा बाल विदुषी अनुराधा पाण्डे र प्रमुख वक्ता नारायण कृष्ण पाण्डे लगायतले कथा प्रवचन गर्नु हुने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

