अमृता सुनार/ नवलपरासी,२२ असार
सुनवल माध्यमिक विद्यालय द्वारा एसईई परीक्षा २०८१ मा उत्तिर्ण विद्यार्थी तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराते विधामा स्वर्ण पदक विजेतालाई बधाई,शुभकामना तथा सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुविन्द्र कंवर योगिको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र पदक विजेता कृष्ण बाह्रघरे (खुशी) लाई कदर पत्र तथा प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
सो अवसरमा वडा नं १ का अध्यक्ष मन बहादुर थापा मगरले सामुदायिक शिक्षाको गुणस्तर सुधारमा जोड दिँदै सुनवल नगरपालिका भित्र रहेका २५ वटा माध्यमिक विद्यालय मध्ये सामुदायिक तर्फबाट सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्दै १०० प्रतिशत सफलता हासिल गर्ने बागबाणी विद्यालय पहिलो र ९५.५५ प्रतिशत नतिजा ल्याउने धन्यान्चल दोस्रो स्थानमा पर्न सफल भएका छन । अध्यक्ष थापाले सफल विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा प्रणाली अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकला शर्मा र यामकला बारघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयकी प्रधानाध्यापक रिता गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सह–प्रधानाध्यापक चित्र बहादुर गुरुङले गर्नुभएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

