मुक्ती तिवारी
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व स्वास्थ्यमन्त्री गगन थापा यहि फाल्गुन ८ गते शनिबार बर्दघाट आउने भएका छन।
तरुण दल पश्चिम् नवलपरासीको आयोजनामा हुने बृहत बिरोध सभालाई नेता थापाले सम्बोधन गर्ने तालिका रहेको आयोजकले जनाएको छ।
कार्यक्रमा सास्कृतिक कार्यक्रम सहित राष्ट्रिय कलाकारहरु लोक गायिका राधिका हमाल र लोकगायकद्वय बिमल राज क्षेत्री र राजन खड्काको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

बर्दघाट पुरानो चौकी खुला चौरमा आयोजना गरिने कार्यक्रमको लगभग तयारी पूरा भएको तरुणदल पश्चिम् नवलपरासीका अध्यक्ष सुक बहादुर गुरुङले बताए।गगन थापा लगायत नेपाली काङ्ग्रेस अन्य नेताहरुले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

