राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।