Rashtriya Dainik

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं , ८ असार

साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्दा अन्तराष्ट्रिय बजारमा भने घटेको छ ।

गोल्ड प्राइसका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३६८ डलरमा किनबेच भइरहेको भने चाँदीको प्रतिऔंश ३६ डलरमा किनबेच भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित