Rashtriya Dainik

विजयनगर ४ मा नि:शुल्क स्वास्थ्य शिविर, १ सय १२ जना महिलाले सेवा लिए

विजयनगर, ७ असार ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ४ काे जनज्याेति माध्यमिक विद्यालय शंकपुर-देउपुरामा महिलाहरुमा हुने प्रजनन स्वास्थ्य समस्याको स्कृनिङ तथा व्यवस्थापनका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हाे ।

गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजना र मेरी स्टाेभ चन्द्राैटाकाे प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हाे । शिविर मार्फत १ सय १२ जना महिलाहरुले सेवा लिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित