बारा । प्रेस जनमत संघ बारा शाखालाइ जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको उम्मेदवार उमेश दुबेले टि-सर्ट बितरण गरेका छन । प्रेस जनमत संघ बाराका अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले १२ थान टि सर्ट बितरण गरेका हुन ।
फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल आफ्नै निवासमा युवा नेता दुबेले आयोजना गरेको चियापान कार्यक्रममा टि सर्ट बितरण गरेको प्रेस जनमत संघ बाराका सल्लाहकार अमरेश पान्डेले जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता दुबेले नेता र पत्रकार बिचको सम्बन्ध सुमधुर हुनु पर्ने ठाउमा तिक्ता बढ्दै गएको बताए । नेता, कर्मचारीहरूको भ्रष्टाचार बिषयमा समाचार उजागर हुदा समाचार सम्प्रेषण गर्ने पत्रकार र नेता बिच दुरी बढ्ने कार्य हुने गरेको विभिन्न घटनाले उजागर पारेको बताउनु भयो ।
भ्रष्टाचार गर्ने भ्रष्टाचारी न समाजको हुन सक्छ न त रास्ट्रकै त्यस अनुसार भ्रष्टाचार बिरूध आफ्नो कलम निरन्तर कलम चलाइ रहन युवा नेता दुबेले आरोप लगाए । पत्रकारिता पेशा समाजको आइना भएकोले समाज प्रती, आफ्नो पेशा प्रती इमान्दार रहि कार्य अगाडी बढाउदै जाने दुबेले सुझाएका थिए ।

कार्यक्रममा प्रेस जनमत संघ बारा शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल पान्डेय, उपाध्यक्ष श्यामल गिरि, सचिव चन्देश्वर चौरसिया, कोषाध्यक्ष उपेन्द्र पाश्वान, सदस्य शेसनाथ यादव लगायतको सहभागिता रहेको सल्लाहकार अमरेश पान्डेयले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

