Rashtriya Dainik

विश्व संगीत दिवस आज

काठमाडौं ,७ असार

विश्व संगीत दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीत सिक्दै गरेका र व्यावसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारीक कार्यक्रम हुँदै आएको छ ।

नेपालमा भने विसं २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । त्यो समय विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता प्रत्येक बर्ष आजकै दिन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाले बताउछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित