Rashtriya Dainik

आज विश्व योग दिवसः यी हुन् योग गर्नुका फाइदा

काठमाडौं,७ असार

आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइँदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ ।आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रूपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन सुरू गरिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ ।

यी हुन् योगका फाइदा

योगले हाम्रो तन–मनलाई शान्त एवं स्वस्थ राख्न मद्दत गर्छ ।
योगलाई हामीले आफ्नो जीवनशैलीको हिस्सा बनाउन सक्छौं, जसले शरीरलाई दीर्घायु र स्वस्थ राख्छ ।
योगले मानसिक तनाव कम गर्छ, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्छ ।
योगमा स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न सकिन्छ ।
शरीरमा पोषक तत्त्व पुर्‍याउन र टक्सिन हटाउन पनि योग फाइदाजनक हुन्छ ।
शरीरमा रक्तसञ्चार सुचारु हुन्छ ।
योग जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन उपयोगी हुन्छ ।
योगले शरीरको सम्पूर्ण मांसपेसीको व्यायाम हुन्छ ।
योगले मस्तिष्कलाई शान्त तुल्याउँछ । मस्तिष्क शान्त भएको अवस्थामा एकाग्रता बढ्छ । यसले कार्यक्षमता पनि बढाउँछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित