Rashtriya Dainik

सुनवल नगरपालिकाकाे ९९ करोड ९८ लाख बजेट

नवलपरासी ,६ असार

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ९९ करोड ९८ लाख रुपैँयाको बजेट :ल्याएको छ । नगरपालिकाको आज सम्पन्न १७ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि उक्त बराबरको बजेट पारित गरेको हो ।

जुन गतवर्षको तुलनामा करिब ३ करोडले कमी हो । गत वर्ष रु एक अर्ब एक करोड ६३ लाख ४९ हजार बराबरको बजेट आएको थियो । सभामा नगर उपप्रमुख सूर्यप्रसाद दुवेले बजेट प्रस्तुत गर्दै आगामी वर्ष कूल बजेटको ४७ दशमलव ६१ प्रतिशत चालुतर्फ र ५२ दशमलव ३९ प्रतिशत पुँजीगत तर्फ विनियोजन गरेको जानकारी दिनुभयो ।

सुनवल नगरपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकार वित्तीय हस्तान्तरण तर्फ ४६ करोड रुपैँया, प्रदेश सरकार वित्तीय हस्तान्तरण तर्फ ३ करोड ७० लाख ३३ हजार रुपैँया, राजस्व बाँडफाँडतर्फ ४१ करोड २७ लाख ६७ हजार रुपैँया र आन्तरिक स्रोततर्फ रु ९ करोेड गरी ९९ करोड ९८ लाख आम्दानी हुने अनुमान गरेको छ । यस्तै खर्च चालुतर्फ ४७ करोड ६० लाख रुपैँया र पुँजीगत तर्फ ५२ करोड ३८ लाख विनियोजन गरिएको नगर उपप्रमुख दुवेले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकासतर्फ रु ३५ करोड ११ लाख, आर्थिक विकासतर्फ ५ करोड ४३ लाख ५० हजार रुपैँया, पूर्वाधार विकासतर्फ ३६ करोड २१ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्र्फ २ करोड ५४ लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु २० करोड ७७ लाख बजेट विनियोजन गरिएको छ ।

नगरसभामा नगर प्रमुख बिमला अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता दिएको बताउनुभयो । नगरसभाले मेयर केयर कार्यक्रम,पोषणमैत्री नगर घोषणा, महिला मैत्री नगर कार्यान्वयन,मुख्य मुख्य स्थानमा सिसीटिभी जडानका कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अर्यालका अनुसार महिला स्वास्थ्य स्वयमसेविकालाई मासिक रु ४ हजार प्रदान गर्दैैै आएकोमा रु एक हजार थप गरि ५ हजार पुर्याइएको छ भने अवकाश पछि विगतमा रु दुई लाख प्रदान गर्दै आएकोमा रु एक लाख थप गरी तिन लाख पुर्याईएको छ ।

यस्तै ८ नम्बर वडामा ५ शैयाको अस्पताल र वडा नं. ५ मा १५ शैयाको अस्पताल निर्माण पनि हुने भएको छ भने घुम्ति भिडियो एक्सरे सेवा, मृगौला डायलाइसिस सेवा शुरु गरिने बताईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित