Rashtriya Dainik

प्रतापपुरमा दुई लाख भन्दा बढीको सामान बरामद

संजय कुशवाहा / नवलपरासी ६ असार

पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको समान प्रहरीले बरामद लिएको छ ।


प्रतापपुर गाउँपालिका वडा नं. ७ जगर्नाथपुर स्थित भारतबाट भन्सार छली अवैधरूपमा नेपाल ल्याई बेवारिसे अवस्थामा राखिएको डेक्चि ३६ पीस , टेन्ट डन्डी ३२ पीस ,सर्भिङ प्लेट १८ पीस , बाटा १९ पीस , टेन्ट पर्दा १६ पीस बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीका कमाण्डमा खटिएका गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याई बेवारिसे अवस्थामा राखिएका मालसामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताउनुभयो ।

उक्त नियन्त्रणमा लिएको समानको मुल्य २ लाख १० हजार ८ सय बराबरको रहेको छ भने शुक्रबार दिउँसो बरामद लिएको समान आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित