Rashtriya Dainik

सुस्तामा एक दिने नि:शुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया

आरपि उपाध्याय / नवलपरासी ,६ असार

पश्चिम नवलपरासीको सुस्तामा एक दिने नि:शुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया नर्सहीमा गरिएको छ।
नेपाल नेत्र ज्योति संघ डा.बिनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा रियाना श्री नेपालको आर्थिक सहयोग र सुस्ता गाउँपालिका एवं वडा न.४ को समन्वयमा आँखा जाँच तथा मोतियाबिन्दुको शल्यकृया गरिएको हो।

संगालो साना किसान कृषि सहकारी संस्था लि. सुस्ता ४ का अध्यक्ष नन्दलाल गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेलले आँखा जस्तो महत्वपूर्ण अंगको उपचारको लागि रिहाना श्रीले गरेको सहयोग प्रशसंनिय रहेको बताउदै नवलपरासीको सुस्तामा आँखा परिक्षण एवं शल्यकृया गर्ने जस्ता कार्यको लागि दातृ संस्थाले गरेको सहयोग स्वागत योग्य रहेको बताउदै यो महान कार्यबाट धेरै व्यक्तिहरु लाभान्वित हुने जिकिर गर्नुभयो।
कंडेलले सिमावर्ती क्षेत्रको सुस्ता गाउँपालिकालाई केन्द्रबिन्दु बनाइ मानवीय सेवामा सहयोग पुर्याउने सम्बन्धित सबैलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन पनि गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले आँखा छ भने संसार छ,आँखा छैन भने संसार अँध्यारो हुने हुँदा यो महान कार्यमा सबै सहयोगीले पुर्याएको योगदान उच्छ रहने जिकिर गर्नुभयो।


सो अवसरमा रिहाना श्री नेपालले आफुले सेवाको महानतम कार्यको सुरुवात गरेको बताइदै स्वास्थ्य सेवा नै सबभन्दा उत्तम सेवा रहेकोमा आफ्नो चाहना पनि आँखा को ज्योति गुमेकाहरुलाई ज्योति प्रदान गर्ने रहेको धारणा राख्नुभयो।
सो अवसरमा सुस्ता वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङले मोतियाबिन्दुका रोगीलाई नि:शुल्क शल्यकृया गर्ने कार्यमा सहयोगी रियाना श्रीलाई आफ्नो वडा वासीको तर्फबाट आशिर्वाद सहित सफलताको कामना गर्नुभयो।
कार्यक्रममा डा.बोनोद निता आँखा अस्पतालका व्यवस्थापक अजय कुमार पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ३६ वर्ष पुर्वदेखी अस्पतालले आँखा उपचार गर्दै आएकोमा १० लाख बिरामीहरुको आँखा परिक्षण गरिएकोमा १ लाख २० हजारको सङ्ख्यामा शल्यकृया गरिएको जानकारी दिदै यो महान कार्यलाई भविष्यमा पनि निरन्तरता दिन दाताहरुलाई आग्रह गर्नुभएको थियो।
एक दिने नि:शुल्क आँखा शिविरमा डा. बिनोद निता आँखा अस्पताल परासीको मेडिकल सुपरिटेन्डेन्ट डा. दीक्षा प्रधानको नेतृत्वमा डेढ दर्जन स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण तथा शैल्यकृया गर्नुभएको थियो।


उक्त शिविरमा ३५१ आँखा का रोगीहरुको आँखा परिक्षण गरिएकोमा ९४ व्यक्तिमा मोतियाबिन्दु देखापरेको आयोजकले जानकारी दिएको छ। जसमा ५० जना मोतियाबिन्दुका रोगीहरुलाई शुक्रबार नै शल्यकृया गरिने तथा अन्य ४४ बिरामीहरुलाई शनिबार शल्यकृया गरिने पनि आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित