Rashtriya Dainik

बहुदरमाईका निमित्त प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ, पोखरियामा अख्तियारको छापा

पोखरिया,६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

श्रीवास्तवमाथि योजना स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा संगठित रूपमा अनियमितता गर्दै अवैध घुस असुली गरेको आरोप पटक–पटक लाग्दै आएको थियो।

पोखरिया र बहुदरमाई नगरपालिकामा लगातार बढेका गुनासोपछि उनलाई निगरानीमा राखिएको थियो। प्रारम्भिक प्रमाण संकलनपछि अख्तियारले कारबाहीको बाण चलाएको हो।
त्यति मात्र होइन — आयोगले पर्सा जिल्लाकै पोखरिया नगरपालिकामा एकैसाथ ठूलो ‘अपरेशन’ सञ्चालन गर्दै लेखा, योजना, प्रशासनलगायतका विभिन्न शाखामा छापा मारेको छ।

आयोगका अनुसार, पोखरिया नगरपालिकाले अनाधिकृत कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन र योजनाको कार्यान्वयनमा खुलेआम कानुन मिच्दै भ्रष्टाचार गरेको उजुरीका आधारमा यो छापा मारिएको हो।

प्रारम्भिक अनुसन्धानमै गम्भीर अनियमितताको संकेत भेटिएपछि अख्तियारले ठूलो तयारीसहित छापा मारेको जनाइएको छ।
अहिले अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा छन् भने पोखरिया नगरपालिकाका कागजातहरू आयोगको कब्जामा।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित