बिनोद निगम /नवलपरासी ,६ असार
पश्चिम नवलपरासीको प्रतापपुरमा इलाका प्रहरी कार्यालय बेलाटारी तथा मातहत प्रहरी टोलीको संयुक्त गस्तीले भन्सार छलि गरी अवैधरूपमा नेपाल भित्र्याइएका सामानहरू बरामद गरेको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब १:३० बजे, प्रतापपुर गाउँपालिका–०७, जगन्नाथपुरस्थित क्षेत्रमा छापा मार्दा डेक्ची (ठूला–साना) ३६ वटा, टेन्ट डण्डी ३२ पिस, सर्भिङ प्लेट १८ वटा, बाटा १९ वटा र टेन्ट पर्दा १६ पिस गरी कुल अन्दाजी दुई लाख दश हजार आठ सय रुपैयाँ बराबरको सामान फेला परेको हो।
उक्त सामानहरू वेवारिसे अवस्थामा भेटिएको र अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तले जानकारी दिनुभयो।
प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने भन्सार छलि गतिविधिहरूविरुद्ध निगरानी र कडाइ बढाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

