Rashtriya Dainik

पाउरोटी उद्योगलाई जरिवाना

नवलपरासी , ५ असार ।

पश्चिम नवलपरासीको सुनवलमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतत्वमा जिल्ला बजार अनुगमन समितिले विहीबार सुनवलका खाद्यन्न पसल, होटल तथा रेष्टुरेण्ट, बेकरिज उद्योग लगायतको संयुक्त अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सुनवल–४ स्थित जय माँ अम्बे पाउरोटी उद्योगलाई जरिवाना गरिएको छ । लेबल बिनै बजारमा पाउरोटी विक्रीका लागि पठाएको र उद्योगमा सरसफाइ पनि कमी देखिएकोले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो । प्रशासनले रु ५ हजार जरिवाना तिराएको हो ।

अनुगमन समितिले उक्त क्षेत्रका १० वटा व्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको घरेलु तथा उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले बताउनुभयो । अनुगमनको क्रममा म्याद गुज्रेका, लेबल नभएका खाद्य पदार्थ जफत गरिएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र नलिएका मिठाइ पसल तथा होटललाई तत्काल अनुज्ञा पत्र लिन सचेत गराइएको छ ।

मिठाइ पसल, होटल तथा रेष्टुरेण्टलाई भान्साको सरसफाइमा ध्यान दिन सचेत गराइएको छ । लेबल नभएका वस्तु नबेच्न तथा दर्ता प्रमाणपत्रहरु पसलमा देखिने गरी राख्न पनि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी भण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारसहितको टोलीले बजार अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो । अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित