राजन कुमार बानिया / पर्सा,४ असार
पर्साको धोबिनी गाँउपालिका वडा नम्बर-४ लंगडीमा रहेको काली प्रसाद लाखे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र,छात्राहरुलाई विविध सामाग्री वितरण गरिएको छ।
कक्षा ११ का ४५ जना छात्र,छात्राहरुलाई एक कार्यक्रमको बीच वडा अध्यक्ष आवास मियाले बिधालय पोसाक स्वरुप कोट, पाईन्ट, सर्ट, जुता,टाईबाट छात्र,छात्राहरुलाई सम्मान स्वरुप बितरण गर्नुभएको छ ।
पोसाक बितरण गर्दै वडाअध्यक्ष मियाले भने अब तपाईहरुको बिधार्थी कार्यकाल स्थानियतहमा फर्केर अाउदैन तसर्थ दुखम्य शुखम्य जिवनको रुपमा हुन्छ। कति जनाले उच्च शिक्षा लिन जान्छ र कति जनाले अाफ्नो पोषण तर्फ लाग्छ। त्यसैले कक्षा ११ का ४५ जना छात्र,छात्राहरुलाई धोबिनी गाउँपालिकाबाट सम्मान स्वरुप पोसाक बितरण गरिएको बताए।
पोसाक वितरण कार्यक्रममा वडाअध्यक्ष आवास मिया, बिधालयका प्र.अ हरिओम पटेल, शिक्षक अजय पटेल,नेयाज आलम,लगाएतको शिक्षकहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

