राष्ट्रिय दैनिक / नवलपरासी ,४ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरीमा अवस्थित महेन्द्र जनता मा.विमा गठन भएको नयाँ विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादव सहित आठ जना सदस्यहरुले एक साथ पदभार ग्रहण गर्नुभएको छ ।

समितिका सदस्यहरु गोपीचन्द हरीजन ,इन्द्रयती यादव, मोहत प्रसाद चौधरी ,सहोद्रा गाैड,मञ्जु कुमार दुबे ,पदेन सदस्य छोटेलाल गुप्त र सदस्य सचिव श्रवण कुमार सहानी सहितले एक साथ पदभार ग्रहण गर्नुभएको हो ।

त्यस्तै अभिभावक संघ अध्यक्ष नौमी चौधरी,सदस्य मल्लू धोबी ,कोठारी गुप्ता ,विन्द देवी हरीजन, निर्मला देवी हरीजन र मिद्विया देवी चौधरी समेतको पदभार ग्रहण गरिएको हाे।

जनप्रतिनिधि ,समाजसेवी र शिक्षक कर्मचारी सहितको उपस्थितीमा खादा, अबिर र प्रमाण पत्र सहित समितिका पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक श्रवण कुमार सहानीको अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा पदभार ग्रहण गरिएको थियो ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष यादवले शिक्षाको विकास र शैक्षिक गुणस्तरका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यादवले सबैसंग सहकार्य गरेर उच्च शिक्षाका लागि पहल गर्ने बताउनुभयो । विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक र व्यवस्थापकिय सबै पक्षको सर्वाङगिण विकास गर्ने बताउदै अब छिट्टै अङ्ग्रेजी माध्यम पठनपाठन गरिने समेत जिकिर गर्नुभएको थियोे ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष हरिजनले युवा व्यवस्थापन समिति आएकोमा सुखि व्यक्त गर्नुभयो । विद्यालयलाई असल बनाउन सबै शिक्षकहरु प्रतिवद्ध रहि समितिले पनि इमानदारी पुर्वब काम गर्नुपर्ने बताउदै प्रदेश र केन्द्रमा समेत यश समितिले बजेटको पहल गरि चाैतर्फिक बिकासकाे लागि योजना बनाएर अगाडी बढ्नुपर्ने धारण राख्नुभएको थियो ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल यादव , वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी ,महेन्द्र मा.बि सरावल शिक्षक इन्द्र बहादुर चाैधरी, समाजसेवी कैलास यादव लगाएतले नयाँ समितिलाई शुभकामना दिदै विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि पहल र उच्च शिक्षा सन्चालनका लागि यश समितिले काममा सफलता तर्फ लम्काेस भन्दै सफल कार्यकालकाे शुभकामना दिनुभएको थियोे ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

