Rashtriya Dainik

अपङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री तथा युवा सशक्तिकरण कार्यक्रम

अमृता सुनार/नवलपरासी ,असार ४

पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित बैङ्कटेश्वर शिवालय मन्दिरको सभाहलमा अपङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री तथा युवा सशक्तिकरण कार्यक्रम अर्न्तगत खेलकुद सामाग्री वितरण गरिएको छ ।

बडेरा सामुदायिक वन उपभोक्ता समितिले सुनवल वडा नं १३, रामग्राम वडा नं ७, पाल्हीनन्दन वडा नं ३ र रामग्राम वडा नं १ का अपङ्गता भएका व्यक्तिको सहजताका लागी ह्विल चियर, कम्मर बेल्ड, वैशाखी, लौरो, निट्याप, झुल, टोइलेट सिट, बेड कभर र युवा सशक्तिकरण कार्यक्रम अर्न्तगत स्थानिय फुटबल क्लव, क्रिकेट क्लवलाई फुटबल, भलिबल, नेट, हावा भर्ने पम्प, व्याटमिन्टन सेट, क्रिकेट सामाग्री वितरण गरिएको थियो ।

बडेरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदन पन्थको अध्यक्षता एवम सुनवल वडा नं १३ का वडा अध्यक्ष एवम नगर प्रवक्ता कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बडेरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले अपांगता भएका व्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागी सामाग्री उपलब्ध गराएको बताउनुभयो ।

सो अवसरमा बडेरा खानेपानीका अध्यक्ष गंगाराम तिवारी, सकंल्प बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष नरिश्वर पराजुलि, जिल्ला फुटबल संघका उपाध्यक्ष मिलन गुरुङ्ग, जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठ, खेलप्रमी श्याम पोखरेल, दिपक थापा,गणेश थापा,विकास थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बडेरा सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उपाध्यक्ष तिलक प्रसाद पौड्यालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित