Rashtriya Dainik

नागरिकहरुमा हुलाक सेवाको बारेमा सुनवलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी ,३ असार

जिल्ला हुलाक कार्यालय बर्दघाट सुस्ता पश्चिमको समन्वयमा आज सुनवलमा नागरिकहरुमा हुलाक सेवाको बारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यको अध्यक्षता एवम जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादव रुदलको प्रमुख आतिथ्यता साथै नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुदलले अहिलेकोे प्रविधि युक्त समयमा हुलाक सेवा विभागको काम कार्यहरु केहीे ओझेलमा परेको देखिएको बताउदै लामो इतिहास बोकेको यस सेवालाई अझ प्रभावकारी बनाउन प्रविधिमैत्रि बनाउन विशेष ध्यान दिनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताउनुभयो ।

कार्यक्रम उद्धेश्य माथि प्रकाश पार्दै हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाक भनेको सूचना र सञ्चारको पुरानो माध्यम भएको जसमा सर्वसाधारणले आफ्ना सन्देश चिठीमा अभिव्यक्त गरी परेवा मार्फत सम्बन्धित स्थानमा पुर्‍याउने प्रचलनलाई भरपर्दो र व्यवस्थित बनाउने क्रममै आधुनिक हुलाक सेवाको विकास र विस्तार भएको बताउनुभयो ।

सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको थियो । हाल संघमा १९२ सदस्य राष्ट्र छन्‌ । संघले हुलाक प्रशासनलाई एकीकृत गरी साझा एजेन्डा, क्रियाकलाप र रणनीति मार्फत हुलाकको विकास, व्यवस्थापन, व्यवसायीकरण र प्रगतिमा टेवा पुर्‍याउँदै आएको छ ।

आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकास नभएको जमानामा खबर, सूचना र समाचार आदानप्रदान गर्ने माध्यम चिठीपत्र थिए । ती चिठीपत्र आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम संवत् १९३८ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको इतिहास छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भयो ।

सञ्चार माध्यम मध्ये यस्तो पुरानो इतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन विक्रम संवत् २०१९ मा हुलाक सेवा ऐन बनाइयो । यसलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनर्संरचना गर्न ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गरी सूचना प्रविधिमा दक्ष जनशक्ति मार्फत जनताका आधारभूत सरकारी सेवा प्रवाह आजको आवश्यकता रहेको छ । हुलाक सेवा विभाग मातहत ७० वटा जिल्ला हुलाक कार्यालय, ८४२ वटा इलाका हुलाक कार्यालय र ३०७४ वटा अतिरिक्त हुलाक कार्यालय छन् ।

अहिले विकसित देशमा हवाइजहाज र ड्रोनसमेत प्रयोग गरी छिटो छरितो रूपमा हुलाक सेवा सञ्चालन गरिएका छन्‌ । नेपाल लगायत कतिपय देशमा भने यो सेवा मानवीय शक्ति/साधनमै निर्भर छ ।

प्रविधिको विकासले सूचनाका लागि हुलाक सेवामा मात्रै भर पर्नुपर्ने बाध्यता हटे पनि हुलाक प्रति चासो र विश्वास कायमै छ । विकसित देशले सूचना प्रविधिको क्षेत्रबाट उत्पन्न हुनसक्ने जोखिम आंँकलन गरेर हुलाकलाई भरपर्दो विकल्पका रूपमा लिएका छन्‌ । नेपालमा १९३५ सालमा हुलाक घरका नाममा हुलाक सेवा सुरु भएको हो । स्थापनाको डेढ सय वर्ष पुग्न लाग्दा पनि नेपालमा हुलाकको काममात्र होइन, साखसमेत घट्दै गएको देखिएको छ । हाल हुलाक सेवामा करिब १९ हजार कर्मचारी रहेका छन्‌ ।

कार्यक्रममा हुलाक सेवा र विधमान अवस्था, हुलाक सेवाका सबल पक्षहरु , उपलब्धी र प्रयासहरु ,हुलाकको रुपान्तरणको भविष्यको तयारी, हुलाक सेवा बाट प्रवाह हुने सेवाहरु साथै जिल्ला हुलाक कार्यालय नवलपरासीको चिनारी र यस कार्यहरुको बारेमा प्रस्तुतीकरण दिइएको थियो ।

सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष भोजराज बा्रहाकोटी , भ्रष्ट्राचार विरुद्ध नागरिक निगरानी संस्था अध्यक्ष रामजी ज्ञवाली, टोल विकास संस्थाको तर्फ बाट यम कुमारी सुवेदी , नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलि, उद्योग वाणिज्य संघका चन्द्रज्योति बस्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित