Rashtriya Dainik

नेपाली काङ्ग्रेस सुस्ता गाउँ कार्य समितिले एक श्रद्धाञ्जली सभा

आरपि उपाध्याय / नवलपरासी ,२ असार

नेपाली काङ्ग्रेस सुस्ता गाउँ कार्य समितिले एक श्रद्धाञ्जली सभा सोमबार सम्पन्न गरेको छ।
नेपाली काङ्ग्रेस सुस्ता गाउँ कार्य समितिका सचिव नारायण भण्डारीको धर्मपत्नी एवं पार्टीको कृयाशिल सदस्य दिल कुमारी भण्डारीको जेष्ठ २५ गते आसमयिक निधन भएको नवौं पुण्य तिथिको दिन सुस्ता ३ रेवारेतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

गाउँ कार्य समितिका सभापति रबिन्द्र जैसवालको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।
श्रद्धाञ्जली सभाका प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कडेलले नेपाली काङ्ग्रेसमा त्याग,लगनशीलता र धैर्यताका साथ लागेका नेताकार्यकर्ताहरुको पार्टी संगठनमा उचित मुल्यांकन हुने बताउनु भएको छ।

केन्द्रीय सदस्य कडेलले पार्टीमा आवेश र पदीय म,र्यादा विपरीत कुनै कार्य गर्न नहुने धारणा राख्दै विगतमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्न सकियो भने त्यसको परिणाम सुखद हुने बताउनु भयो।
कडेलले राजनीतिमा निष्ठा र इमानदारीको बाटो अपनाइएमा ढिलो चाडो सबैको मुल्यांकन सहितको पालो आउने जिकिर पनि गर्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले नेपाली काङ्ग्रेसको राजनीतिमा कार्यकर्ता माथि भेदभाव गर्न नहुने र पार्टी भित्र निष्ठावान र पुराना कार्यकर्ताहरुलाई समय सापेक्ष सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

महामन्त्री खनालले दिवाङ्गत हुनुभएकी भन्डारी परिवारलाई सुखदुःखमा समेत साथ सहयोग गर्ने वातावरण मिलाउने कार्यमा पार्टीको सबै निकाय गम्भीर हुनुपर्ने तथा सो कार्यमा आफ्नो र सिङ्गो पार्टीको पुर्ण सहयोग र साथ रहने जिकिर गर्नुभयो।
सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पार्टी कार्यकर्ताहरुलाई मुल्यांकनको कमी भएको आफूलाई पनि महसुस भएको बताउदै यसमा जिल्लाको नेता नै जिम्मेवार रहेकोमा कार्यकर्ताको मुल्यांकन र समस्या समाधान बारे पार्टीका सबै तहका नेताहरू गुट र उपगुटबाट मुक्त भइ कार्य गर्न आग्रह गर्नुभएको थियो।


श्रद्धाञ्जली समारोहमा पार्टीका जिल्ला सचिव कुलदीप आचार्य,नेता मोहन प्रसाद शर्मा,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
श्रद्धाञ्जली समारोहमा सुस्ता,प्रतापपुर,गुठीप्रसौनी,सरावल,बर्दघाट लगायत स्थानहरुबाट नेताकार्यकर्ता र शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेकोे कार्यक्रम सञ्चालक नारायण प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित