कपिलवस्तु, अषाढ २
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरुहरू संग अन्तर क्रिया गरिएको छ।
अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए।
कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरुहरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै धर्मगुरु विरेंद्र शास्त्रीले बाल विवाह रोक्न हामी धर्मगुरुहरू आज सामुहिक प्रतिबद्धता समेत जनाएको र बाल विवाह गराउने कार्यमा हाम्रो संलग्नता नरहने समेत प्रष्ट पारेका थिए।
उपस्थित हिन्दू, मुस्लिम लगायतका धर्मगुरु हरूले बाल विवाह रोक्न आफूहरू सधै प्रतिबद्ध रहने वाचाका साथ साझा प्रतिबद्धता खाकामा हस्ताक्षर समेत गरेका थिए।
कार्यक्रममा अन्य व्यवस्थापकको भूमिका सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता प्रदिप गिरीको रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

