Rashtriya Dainik

नेकपा एस जिल्ला कमिटि बझाङको पहिलो विस्तारित बैठक सम्पन्न

बझाङ — नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बझाङको पहिलो विस्तारित बैठक सम्पन्न भएकाे छ।

जिल्ला अध्यक्ष अक्कल धामीको अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज जगेन्द्र शार्की प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेश सदस्य कलक बि.क विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो।

बैठकमा हालै सम्पन्न जिल्ला अधिवेशनको समिक्षा गरिनुको साथै पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा गहिरो छलफल गरिएको छ। बैठकमा पार्टी संगठन सुदृढ गर्न, जनसम्पर्क विस्तार गर्न र संगठनात्मक संरचना मजबुत बनाउन रणनीति तय गरिएको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि उपाध्यक्ष भक्त भण्डारीले बताउनु भयाे ।

बैठकमा बोल्दै पार्टी अध्यक्ष धामीले हालै सम्पन्न जिल्ला अधिबेशनमा व्यवस्थापनमा सहयोग गर्ने
सम्पूर्ण नेता, कार्यकर्ता ,शुभेच्छुकहरू
पत्रकार, सुरक्षाकर्मी, युवा संघ, विद्यार्थी लगायत सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद ज्ञापन समेत गरेका छन्। ।
यसैबीच, पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालमाथि लगाइएको झुठा मुद्दाको विषयमा पनि बैठकले चर्चा गर्दै यसको निन्दा गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित