राष्ट्रिय दैनिक / नवलपरासी ,२ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्र क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

गाउँपालिकाका स्वास्थ्यकर्मी र विशेषज्ञ डाक्टर सहितको टाेली क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओम नारायण देवकोटाले जानकारी दिए।

सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो।याे श्वासप्रश्वासको माध्यमले सर्ने रोग हो। समयमै जाँच गरि पता लागेकालाई उपचारमा ल्याउन सके अरुलाई सर्न पाउदैन । याे स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन्। विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनले बताए। यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो। स्वास्थ्यशाखा प्रमुख देवकोटाले भने, “स्वास्थ्यकर्मीसहितको टोली सरावलमा स्वास्थ्य शिविर सञ्चालनबाट यहाँका करिब एक सय २४ जना लाभान्वित भएका छन्।”

सो स्वास्थ्य शिविरबाट ६ जना संकास्पद बिरामी फेला परेका छन् । भने ३ जनाकाे क्षयरोग निदान भएको छ।

स्वास्थ्य सेवालाई सहज पहुँचमा पु¥याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिए। पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्याबारे समाधान गर्न लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर गरेको अध्यक्ष चाैधरीको भनाइ छ।
सरावल गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित काम अघि बढाएको उपाध्यक्ष बासमति हरिजनले बताइन ।

गाउँमै क्षयरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकामा यहाँका बासिन्दालाई स्वास्थ्य जाँच गर्न सहज भएको बताए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

