आरपि उपाध्याय / नवलपरासी ,१ असार
पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली ल्याएको बेवारिसे अवैध सामाग्री फ्लेवर्ड बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय (ब.स.प.) र मातहतका युनिटको संयुक्त गस्तीले सुस्ता गाउँपालिका ३ बिन टोल स्थित बाटोको छेउमा बेवारिसे अवस्थामा राखिएको अफ्जल लेखिएको हुक्कामा प्रयोग गरिने फ्लेवर्ड १९ बोरा बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिव क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले बरामद गरेको १९ बोरा ३८ कार्टुन फ्लेवर्ड बरामद गरि आवश्यक कानुनी कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बिरदत्त पन्तले जानकारी दिनुभयो।
प्रहरीले बरामद गरेको अवैध सामाग्री फ्लेवर्डको मूल्य ९ लाख ४४ हजार रहेको प्रहरीले बताएको छ।
सुस्ता ३ बिन टोल आसपासको इलाकामा अवैध सामाग्री आएको गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा उक्त परिणामको अवैध सामाग्री बरामद गरिएको बताइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

