आरपि उपाध्याय / नवलपरासी ,१ असार
लक्ष्मी आमा समुहको आयोजना तथा विनयी त्रिवेणी गा.वि.स. ७ को आर्थिक सहयोगमा महिला सशक्तीकरण कार्यक्रम र हिंसा न्यूनीकरण सम्बन्धि सचेतनात्मक अन्तरक्रिया कार्यक्रम शनिबार शिवपुरगढीमा सम्पन्न भएको छ।
लक्ष्मी आमा समुहकी अध्यक्ष भागिरता घर्ती मगरको अध्यक्षता तथा विनयी त्रिवेणी वडा न. ७ का वडा अध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि कार्कीले समाजमा लुकेर बसेको विकृतिलाई जनचेतनामूलक कार्यक्रमको माध्यमबाट न्यूनीकरण गर्न सकिने बताउदै यस्तो कार्यक्रमलाई सफल पार्न हामी सबैको कर्तव्य रहेको बताउनु भयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका सब इन्सपेक्टर महेश रायमाझीले काधमा जिम्मेवारी,हृदयमा इमानदारी र मस्तिष्कमा समझदारीपुर्वक अगाडि बढिएमा सबै खाले समस्या समाधान गर्न सकिने धारणा राख्नुभएको थियो।
कार्यक्रममा वडा न.७ कि महिला सदस्य शोभा क्षेत्री,न्यायीक समितिका जम्मा प्रसाद पल्ली मगर,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो।
कार्यक्रममा सञ्चारीका समुहकी अध्यक्ष विष्णु खनाल र कृष्ण आले मगरले सहजीकरण गर्नुभएको थियो।

सो अवसरमा वडा न.७ का १७० महिलाहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालिका सरीता भट्टराईले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

