अमृता सुनार/नवलपरासी ,३१ जेठ
प्याब्सन सुनवलको आयोजनामा प्रि प्राइमरी लेभल टिचरहरुलाई वर्तमान पाठ्यक्रम र मुल्याङकन पद्धतिको बारेमा एक दिने प्रशिक्षण कार्यक्रम सुनवल १ को सोमनाथ रिसोर्टमा सम्पन्न भएको छ ।
प्याब्सन सुनवलका अध्यक्ष चोलाकान्ता रेग्मीको अध्यक्षता एवम प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनवल नगरका १५ विद्यालयका ९७ जना शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङ्गले आज सिकेको सिपलाई व्यवहारमा उतार्न सम्पुर्ण शिक्षिकाहरुलाई आग्रह गर्नुभयो ।

बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख धनपति पौडेलले उपस्थित शिक्षिकाहरुलाई वर्तमान पाठ्यक्रम र मुल्याङकन पद्धतिको बारेमा प्रशिक्षण दिनुभएको थियो । प्याब्सन सुनवलका कोषाध्यक्ष दिपक पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक नेत्र रिमालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा सहभागीको तर्फ बाट रामनगर एकेडेमीका शिक्षिका लक्ष्मी पाण्डे र सुनवल लोट्स स्कुलकी शिक्षिका लक्ष्मी अधिकारी, सुनवल प्याब्सनका प्रमुख सल्लाहकार कृष्ण प्रसाद शर्मा, प्रमुख अतिथि डम्बर गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालक एवम प्याब्सन सुनवलका सचिव नरिश्वर पौडेलले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

