Rashtriya Dainik

साउदी र यूएईमा पनि चर्को घाममा काममा लगाउन निषेध

काठमाडौं,३१ जेठ । खाडी मुलुकमा गर्मी बढेसँगै श्रमिकलाई खुला स्थानमा काम गर्न प्रतिबन्ध लगाउन थालिएको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि १५ जुनदेखि सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानले चर्को घाममा काम गर्ने प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रालयले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य राष्ट्रिय परिषद्को सहकार्यमा आगामी १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाउने जनाएको छ ।

मन्त्रालयले यो निर्णय निजी क्षेत्रका कामदारको सुरक्षा र स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले गरिएको जनाएको छ । यस निर्णयले प्रत्यक्ष घाममा खुला ठाउँमा काम गर्न प्रतिबन्ध लागेको छ ।

यसले उनीहरूलाई सम्भावित स्वास्थ्य जोखिमबाट जोगाउने र अन्तर्राष्ट्रिय पेसागत सुरक्षा र स्वास्थ्य मापदण्डअनुसार स्वस्थ र सुरक्षित कार्य वातावरण प्रदान गर्ने लक्ष्य पनि छ ।

मन्त्रालयका अनुसार रोजगारदातालाई काम गर्ने घण्टा व्यवस्थित गर्न र यस निर्णयका प्रावधान पालना गर्न आह्वान गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित