Rashtriya Dainik

वैकल्पिक शक्तिसँग सहकार्य गरौँ : बाबुराम भट्टराई

काठमाडौं,३१ जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक राजनीतिलाई अगाडि बढाउन वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

१०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताए ।

नयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धि हाँसिल नभएकै हो । उपलब्धिलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ। तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्, उनले भने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित