Rashtriya Dainik

सुस्तामा सरुवा तथा महामारीजन्य रोगबारे एक दिने सचेतिकरण तथा पैरवी कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,३० जेठ

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा सरुवा तथा महामारीजन्य रोगबारे एक दिने सचेतिकरण तथा पैरवी कार्यक्रम सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि,सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी,बाल क्लबका पदाधिकारी र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

गर्मीको मौसममा सरुवा तथा महामारी रोगबारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सरुवा तथा महामारी रोगलाई रोकथाम र नियन्त्रण गर्न सरोकारवाला निकायका साथ विद्यालयका शिक्षक,विद्यार्थी र स्वास्थकर्मी पुर्ण रुपले सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो।

सो अवसरमा सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराई लगायतले कार्यक्रमको उद्देश्यमाथि आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाही,प्रसन्न मान मानन्धर,निरज थापाले कार्यक्रममा सहजीकरण गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित