आरपि उपाध्याय / नवलपरासी ,३० जेठ
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर पश्चिम नवलपरासीको आयोजनामा भुमिहीन नागरिकको लागि आवास निर्माण सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सुस्ता २ को चुहाडीमा सम्पन्न भएको छ।

थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरका अध्यक्ष देवानन्द सिंह फौजदारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भुमि समस्या समाधान आयोग पश्चिम नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले विदेशमा रहेर काम गर्ने दाताहरुको आर्थिक सहयोगमा केन्द्र सञ्चालन रहेको चर्चा गर्दै थारु मिलन केन्द्रले भुमिहीनहरु माथि गरिएको दीर्घकालीन सोचले राम्रो परिणाम आउने कुरामा विश्वस्त रहेको बताउनु भयो।
उहाँले मिलन केन्द्रद्वारा गरिने काम पारदर्शी र जवाफदेही रुपमा गर्न सकिए यसको परिणाम नतिजामुखी हुने धारणा राख्नुभएको थियो।
थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गा.वि.स. का पुर्व अध्यक्ष राधेश्याम चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपालको संविधानमा नागरिकलाई गाँस,बास,कपासको ग्यारेन्टी हुनुपर्ने उल्लेख भएअनुसार भुमिहीन सुकुम्बासीले जग्गासहितको आवासको प्रबन्ध मिलाउने कार्य राज्यले नै गर्नुपर्ने भएपनि थारु मिलन केन्द्र नेपालले स्थानीय सरकार संग हातेमालो गरेर आवाससहितको भवन निर्माण गर्ने कार्यमा आफुहरु संस्थागत र विधि सम्मत ढंगबाट अगाडि बढेको धारणा राख्नुभयो।
सो अवसरमा सुस्ता गाउँपालिका २ का वडा अध्यक्ष कृष्णलाल मुखियाले मापदण्ड सहितको नीति बनाएर वास्तविक भुमिहीनहरुको पहिचान गरि तिनीहरुलाई टाढा नभई नजिकमै जग्गासहितको आवास प्रबन्ध गर्न सुझाव दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले नेपालको संविधानमा उल्लेखित मौलिक हकलाई मूर्त रुप दिन मिलन केन्द्रले पवित्र उद्देश्यका साथ अगाडि बढिरहेको पाइला गन्तव्यमा पुग्ने विश्वास गर्नुभयो।
सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुर्यमान प्रसाद चौधरी, सम्पर्क तथा भुआर्जन अधिकृत कमला पराजुली,थारु अगुवाहरु जितराम पञ्जियार,खिरीनारायण चौधरी,थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य अञ्जली चौधरी लगायतले उपदान कलेक्सन सेन्टरबाट गरिएको गतिविधि र लक्ष्य,उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
सहभागी केन्द्रित प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा इन्द्रावती परियार,पार्वती चौधरी,कालीराम चौधरी,जानकी चौधरी, जित बहादुर थापा,सरस्वती मुसहर, करिना हरिजन लगायतले कार्यक्रमको विषयमा आफ्ना जिज्ञासा राख्नुभयो।
२०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपालले भुमिहीन नागरिकलाई ७१७ घर निर्माण गरि हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा सरुवा तथा महामारीजन्य रोगबारे एक दिने सचेतिकरण तथा पैरवी कार्यक्रम सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि,सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी,बाल क्लबका पदाधिकारी र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
गर्मीको मौसममा सरुवा तथा महामारी रोगबारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सरुवा तथा महामारी रोगलाई रोकथाम र नियन्त्रण गर्न सरोकारवाला निकायका साथ विद्यालयका शिक्षक,विद्यार्थी र स्वास्थकर्मी पुर्ण रुपले सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराई लगायतले कार्यक्रमको उद्देश्यमाथि आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाही,प्रसन्न मान मानन्धर,निरज थापाले कार्यक्रममा सहजीकरण गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

