आरपि उपाध्याय / गाेर्खा,२९ जेठ
कौडिन्य गोत्रीय बन्धुहरुको त्रिवर्षीय कुलाइन वार्षिक पुजा भव्यताका साथ गोरखा पालुङटार २ पोखरा बेसीमा सम्पन्न भएको छ।
कौडिन्य ऋषिका सन्तानका रुपमा चिन्हिने आचार्य कौडिन्य गोत्रीयहरुले आफ्नो कुल देवताहरुको पुजासहितको भेटघाट समारोह सम्पन्न भएको हो।
नवलपरासी,चितवन,काठमाडौं,पाल्पा, कास्की,जुम्ला,झापा लगायत एक दर्जन जिल्लाबाट आएका कौडिन्य गोत्रीय आचार्य समाजले एक अर्का संग शुभकामना आदानप्रदान गरि कुलाइन पुजा सम्पन्न गरेको आयोजकले जानकारी दिएको छ।
लगभग १०५ वर्ष पुरानो कुल पुजाको इतिहास रहेकोमा पछिल्लो समय केही वर्ष यता तीन वर्षमा एकपटक कुल पुजा गर्ने निर्णय भएबाट यसवर्ष २ सय कौडिन्य गोत्रीय आचार्य परिवारहरुले सामुहिक रुपमा पुजा गरेका थिए।
कुल पुजा गर्ने स्थानमा कौडिन्य आचार्य परिवारको महिलाहरूले पुजा स्थलमै शुद्धता पुर्वक प्रसाद बनाइ भजन किर्तनका साथ कुलाइन पुजा गरेको सामाजिक व्यक्तित्व रेवती रमण आचार्यले जानकारी दिनुभएको छ।
कुल पुजा समारोहमा गोरखा जिल्लाबाट गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका समाजसेवी हरिशरण आचार्य,समाजसेवी रामशरण आचार्य,रामचन्द्र आचार्य,दुर्गा प्रसाद आचार्य,रमेश प्रसाद आचार्य,शान्ता आचार्य लगायतको उपस्थिति रहेको थियो।
त्रिवर्षीय कुल पुजामा भाग लिन आएका कौडिन्य आचार्य बन्धुहरुको भेलाले भविष्यमा कुल पुजालाई अझ बढी भव्यताका साथ सम्पन्न गर्न स्थानीय समाजसेवी दुर्गा प्रसाद आचार्यको संयोजकत्वमा कुल पुजा व्यवस्थापन समिति गठन भएको छ।

जसमा शम्भु आचार्य,रामशरण आचार्य,राम प्रसाद आचार्य,कपिल आचार्य,दिपेन्द्र आचार्य,कमल आचार्य, शान्ता आचार्य,सीता आचार्य र रामजी आचार्य चयन हुनुभएको छ।
भेलाले आवश्यक सल्लाह,सुझाव दिनको लागि पाँच सदस्यीय सल्लाहकार समिती पनि गठन गरेको छ। जसमा रेवती रमण आचार्य,राम हरी आचार्य, रामचन्द्र आचार्य,आर.पि.उपाध्याय आचार्य र डोलनाथ आचार्य चयन हुनुभएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

