वीरगन्ज,२९ जेठ ।
पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको ठुलो परिमाणमा ट्रक र बसको टायर सहित ट्याक्टर बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त टोलीले अवैध रुपले भित्राएको करिब १३ लाख ६०हजार रुपैया बराबरको ट्यार सहित ट्याक्टर प्रकाऊ गरेको हो।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चौकी स्थित सडकखण्डमा खटिएको नियमित चेकिङ टोलीले ना.६ त ४१२९ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र र आवशयक कागजातहरु साथ नरहेको भन्सार छली गरि भित्राएको बस, ट्रकका टायर थान-१८ ( अठार ) पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

पक्राउ परेको टायर सहित ट्याक्टर आवशयक कार्यबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाएको एसपी मिश्रले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

