Rashtriya Dainik

नवलपरासीको प्रतापपुर–सरावल जोड्ने पुलको शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पचफेडा र सरावल गाउँपालिका वडा नम्बर ७ बरगदवा जोड्ने पुलको बुधबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।

पुलको शिलान्यास गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जनतासँग गरेका प्रतिबद्धता स्मरण गर्दै भने, ‘मैले जनतासँग गरेका वाचा बिर्सेको छैन । विकासका कामहरू एकपछि अर्को गर्दै पूरा गर्दै जाने बताउनुभयो ।

पचफेडा र बरगदवा जोड्ने पुल निर्माणले दुई गाउँपालिकाबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । बर्खायाममा खोलाबाट आवतजावतमा पर्ने कठिनाइ अब केही समयपछि अन्त्य हुने स्थानीयको भनाइ छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अगुवा र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले अध्यक्ष यादवको नेतृत्वमा भइरहेका विकास निर्माणप्रति खुलेर प्रशंसा गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित