Rashtriya Dainik

बर्दघाटको अन्नपुर्ण पोल्ट्री फर्ममा आगलागी ५७ सय कुखुरा जलेर नष्ट

सुरेश यादव / नवलपरासी ,२९ जेठ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ।

गएराति करिब ७ बजेको समयमा भएको आगलागीमा परी फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक (डीएसपी) वीरदत्त पन्तले बताएका छन् ।

आगलागीबाट प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स प्रजातिका १ हजार दुई सय ठूला चल्ला जलेर मरेका छन्। आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ भने फर्मको भौतिक संरचनामा समेत क्षति पुगेको छ।

आगलागीको घटना बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाहरुको रोहबरमा नियन्त्रणमा लिइएको हो।पोल्टी फर्ममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित