उमेश बि.क / नवलपरासी ,२९ जेठ
सडक बत्ती जडान गरिएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे रात्रिकालीन मुहार फेरिएको छ।
सरावल गाउँपालिका पहुँचमार्ग र हाइबेमा सडक बत्ती जडान गरेको हो। सरावल गाउँपालिका प्रवेश बिन्दु श्रीनगर , काेठिलहा , सरावल र गाेबरहियासम्म ५४ थान सडक बत्ती जडान गरिएको हो।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी रातभरि आफै उपस्थितभई बत्ती जडान गराउनु भएको हाे । त्यस्तै उपाध्यक्ष बासमति हरिजनले समेत रातिकाे समयमा बत्ति जडानका लागि समन्वयकारी भुमिका निर्वाह गर्नुभएको थियोे ।
जनता सुतेकाे बेला पालिका अध्यक्ष चाैधरीले रातारात बत्ति जडान गराएपछि स्थानीय बिहान उठ्दा चकित भएका हुन ।

सडक बत्तिको व्यवस्था भएसँगै सरावल गाउँपालिका पहुचमार्ग सडक क्षेत्र उज्यालो भएको छ । त्यस्तै सरावल १ बासाबसही हाइबेमा पनि सडक बत्तिले रातिकाे समय पनि उज्यालो भएको छ । व्यवस्थित सडक बत्तिले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि भएको छ ।
सडक बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन समयमा हुने दुर्घटनामा कमी आउनुका साथै आपराधिक घटना नियन्त्रणमा समेत सहयोग पुग्ने स्थानीयले बताएका छन।

सडक बत्ती जडानभएसंगै स्थानीय बासिन्दामा खुसीयाली छाएको छ। “गज्जब लाग्यो रातिको समयमा सडकमा उज्यालो भयो, छुट्टै रौनक छ, अब भने आरामले हिँडडुल गर्न सकिने भयो,” सरावलका स्थानीय सन्दिप बि.क ले भन्नुभयो।

पालिका पहुचमार्गलाई सुन्दर र उज्यालो बनाउनको लागि सडक बत्ति जडान गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । सडक बत्तीले चोरी डकैली लगायतका विभिन्न अपराधिक घटनामा कमी आउनुका साथै रातिको समयमा आवतजावतलाई सहज हुने भएकोले पहिलो चरणमा पालिका पहुचमार्गलाई प्राथमिकता दिइएको र दाेस्राे चरणमा नयाँ आर्थिक बर्षमा अन्य स्थानमा बत्ती जडान गरिने अध्यक्ष चाैधरीले बताउनुभयो ।

सडक बत्तीको शुल्क पालिकाले भुक्तानी गर्ने अध्यक्ष चाैधरीले राष्ट्रिय दैनिककलाई जानकारी दिनुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

