Rashtriya Dainik

सुनवलमा स्वास्थ्य गाउँ शहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी ,२८ जेठ

पश्चिम नवलपरासीको सुनवलमा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको आयोजना तथा स्वास्थ्य शाखा सुनवल नगरपालिकाको सहजीकरणमा स्वास्थ्य गाउँ शहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल नगर प्रमुख विमला अर्यालको अध्यक्षता तथा उप प्रमुख सूर्य दुबे, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, सुनवल वडा नं १, ४, १० र ११ का अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सिनियर अहेव चुरामणि नेपालले र प्रस्तुतीकरण स्वास्थ्य कार्यालय परासीका प्रमुख अंगद बहादुर शाहीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित