राष्ट्रिय दैनिक / नवलपरासी ,२८ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र जनता मा.बि गडाैरीकाे विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जन्मेजय यादव निर्विरोध चयन भएका छन् ।
विद्यालयकाे तेस्रो अभिभावक भेलाले यादवलाई अध्यक्षमा सर्वससम्मत चयन गरेको हो ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयको सुशासन, शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधारको सुधारमा आफूले सक्दो योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालय व्यवस्थापन समिति, सदस्यहरू तथा विद्यार्थीहरूसँग समन्वय गर्दै विद्यालयको हक हितमा प्रभावकारी ढंगले कार्य गर्ने बताएका छन्।

यादवले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै विद्यालयलाई सबै हिसाबले नमुना बनाउन सामूहिक रूपमा छलफल गरेर अघि बढ्ने बताए ।

शिक्षा तथा समाजसेवामा सक्रिय युवाका रूपमा परिचित यादवको नेतृत्वमा विद्यालयको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

