उमेश बि.क / नवलपरासी ,२८ जेठ
केही दिन यता बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै पश्चिम नवलपरासीमा धमाधम सामुदायिक विद्यालयहरु बन्द गर्न थालिएको छ ।
पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका , सरावल गाउँपालिका र सुस्ता गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयहरू बन्द रहने जनाएको छ।

प्रतापपुर गाउँपालिकाले २७ गते मङ्गलवार देखि जेठ ३० गते शुक्रवार सम्मका लागि वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा दिइएको पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभएको छ। अत्यधिक गर्मीका कारण मौसम प्रतिकूल भई विद्यालयको पठन पाठनमा असहजता उत्पन्न भइरहेको तथा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको अध्यक्ष यादवले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
त्यस्तै सरावल गाउँपालिकाले २८ गतेदेखि जेठ ३० गतेसम्म वर्षे बिदाबाट कट्टी हुने गरि बिदा दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको छ।
त्यस्तै सुस्ता गाउँपालिकाले पनि २८ गते देखि जेठ ३० गते शुक्रबार सम्मका लागि बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा गर्मी विदा दिने निर्णय गरिएको पालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताउनुभयाे।
गर्मिका कारण विद्यार्थीहरु पढ्नमा रुची नदेखाउने, घर र्फकने समयमा घाम चर्किसक्ने भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने, कक्षा कोठामा पंखा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको भवनमा जस्तापाताको छानो भएको लगायतका समस्यालाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय तहका प्रतिनिधिहरुले जनाएका छन् ।
पछिल्लो समय तराईमा बढ्दो गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

