राष्ट्रिय दैनिक / नवलपरासी ,२७ जेठ
पश्चिम नवलपरासीमा सबैले चिन्ने नाम हो बिरेन्द्र यादव । समाजसेवामा सदैव अग्रसर रहने यादव आफुलाई कसरी समाजसेवामा समर्पित गरौ भन्ने रातदिन पिरल्दो रहेछ ।
सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष समेत रहेका यादवलाई जनताले एकदमै रूचाएका छन ।
दुुखमा परेका मानिसहरूको उद्दार गर्ने गरेकोले उनको सरावल गाउँपालिकादेखि जिल्लासम्म व्यापक चर्चा छ।
सरावल-६ भुजहवा घर रहेको यादव ब्यवसायी समेत हुन । उनले आफ्नो पालिका भित्रका विपन्न परिवारमा कसैको मृत्यु भए आफ्नो निजी गाडी शव वाहनका लागि निः शुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
पैसाको अभावमा मृत्तकको शव व्यवस्थापनमा समस्या नहोस् भनेर पालिकाबासीको दुःखमा साथ दिदै आइरहेका छन ।
सरावल भित्र बसोबास गर्ने विपन्न परिवारका सदस्यको लागि आवश्यकता पर्दा पिकअप भ्यान निशुल्क उपलब्ध गराउदै आइरका छन। ‘मृत्यु एउटा दुखको अन्तिम अवस्था हो, यस्तो अवस्थामा पैसाको अभावले कोही पनि समस्यामा पर्नु हुदैन्, दुःखको बेला साथ दिनु हाम्रो पनि जिम्मेवारी रहेको धारणा राखेका छन ।
समाजसेवी यादवले आर्थीक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेको कारण उनी नवलपरासीमा लोकप्रिय बनेका हुन् ।
समासेवामा राम्रो काम गरेकोले उनलाई युवादेखी बृद्धसम्म सबैले रुचाउने गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

