Rashtriya Dainik

गर्मी बढेपछि सरावल गाउँपालिकाका विद्यालयमा तिन दिन बिदा

उमेश बि.क /नवलपरासी ,२७ जेठ

अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले तिन दिन विद्यालय बिदा दिएको छ ।

गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै भाेलिदेखि जेठ ३० गतेसम्म विद्यालय बिदा दिने निर्णय गरिएको हो ।


पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बर्खे बिदाबाट कट्टी हुने गरी पालिकाभित्रका सबै विद्यालयमा गर्मी बिदा दिइएको बताउनुभयो । तराईमा बढ्‌दो गर्मीका कारण तातो हावा चल्ने, लु-लाग्ने जस्ता कारणले बालबालिकाहरुको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न गई पठनपाठनमा बाधा पर्ने देखिएकोले यस गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा बिदा दिइएको बताउनुभएको हाे।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ ।

गर्मीले रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित